spot_img
spot_img
spot_img

प्रधानमन्त्री र एडीबीका उपाध्यक्ष याङबीच छलफल

spot_img

काठमाण्डौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष इङमिङ याङबिच शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका बारेमा छलफल भएको छ । साथै पर्सिदेखि काठमाण्डौमा शुरु हुन लागेको लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडीबीको महत्त्वपूर्ण लगानी रहेको बताउनुभयो । यस्तै उपाध्यक्ष याङले आउँदा दिनमा नेपालमा थप लगानी गर्ने गरी बैंकले रणनीति तय गर्ने बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img