spot_img
spot_img
spot_img

गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?

spot_img

काठमाण्डौ ।

गर्मीका महिनामा चिसो पानीको खाँदा हाम्रो शरीरमा कस्तो प्रभाव पर्न सक्ला ? चिसो पानी चिसो पानी पिउनु सामान्य कुरा लाग्न सक्छ । तर यसको प्रभाव धेरै हुन्छ । जाडोको तुलनामा गर्मीमा हामीले आफ्नो शरीरको विशेष ध्यान राख्न जरुरी हुन्छ । गर्मीमा शरीरमा सही तापमान बनाएर राख्न जरुरी हुन्छ । यसमा हामी गर्मीमा चिसो पानी सेवन गर्दा शरीरमा हुन सक्ने सम्भावित प्रभावहरूबारे कुराकानी गर्नेछौँ । गर्मीमा सही तरिकाले चिसो पानी प्रयोग गर्ने तरिकाबारे पनि बताउनेछौँ ।

दाँतका लागि संवेदनशील

चिसो पानी पिउँदा दाँतको संवेदनशीलता बढ्न सक्छ । चिसो पानीले दाँतको स्नायुलाई असर गर्छ । विशेष गरी संवेदनशील दाँत भएका वा दाँतमा छिद्र भएका व्यक्तिहरूमा चिसोले संवेदनशीलता वा दुखाइ निम्त्याउँछ । हलुका चिसो पानी पिउन सकिन्छ तर धेरै चिसो भने खानु हुन्न ।

टाउको दुखाइ र साइनस

छिटो छिटो चिसो पानी पिउँदा मेरुदन्डको स्नायुलाई पनि छिट्टै चिसो बनाइदिन्छ र मस्तिष्क जम्छ । एक्कासी तापक्रम घट्दा टाउको दुख्ने र साइनसको समस्या हुन सक्छ । यी दुवैले मस्तिष्कमा असर गर्छ । यस्तो अवस्थाबाट बच्न र स्वास्थ्यस्थित बिग्रन नदिन ठिक्कको चिसो पानी पिउनुस् ।

मुटुकाे गति कम  

चिसो पानीले मुटुको चालमा असर पर्न सक्छ भनेर के तपाईँले कहिल्यै सुन्नुभएको छ ? चिसो पानीले भेगस नसालाई उत्तेजित पारेर मुटुको गति कम गराइदिन्छ । यो नसा शरीर र स्नायु प्रणालीको महत्त्वपूर्ण अंग भएको अनुसन्धानले देखाएको छ । चिसो पानीले यो स्नायुलाई उत्तेजित गर्छ र मुटुको धड्कन कम गरिदिन्छ ।

घाँटी दुख्ने

गर्मीमा अति चिसो पानी पिउँदा घाँटी दुख्ने र नाक बन्द हुने जस्ता समस्या देखिन सक्छ । यी सबैले श्वासप्रश्वासमा असर पार्न सक्छ । चिसो पानी पिउँदा श्वासप्रश्वासको नलीमा अतिरिक्त कफ जम्मा भएर घाँटी र नाकसम्म आइपुग्न सक्छ ।

पाचनसम्बन्धी समस्या

चिसो पानी वा चिसो खानेकुरा सेवनपछि शरीरलाई खाना पचाउन समस्या हुन्छ । चिसो पानीले पेटलाई खुम्च्याइदिन्छ र खाना पचाउने प्रक्रियामा खलल उत्पन्न गराउँछ । पेटभित्रको तापमान अचानक फेरिँदा खाना प्रशोधन गर्न शरीरलाई गाह्रो हुन्छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img