काठमाडौं ।
जोमसोम-मुक्तिनाथ दर्शन गरी फर्किएको यात्रुवाहक बस मंगलवार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा दुर्घटनामा परेको छ ।
काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ गएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किने क्रममा बिहान ९ बजेको समयमा कागबेनी मोडको ओरालोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी गराएको हो ।
बस दुर्घटनामा २१ जना घाईते भएका छन । घाईतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको प्रारम्भिक उपचार भईरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??