काठमाडौं ।
वेस्ट इन्डिज ’ए’ विरद्धको टी–ट्वान्टी क्रिकेट शृंखलाको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको छ । वेस्ट इन्डिज ’ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभर १ सय ८१ रन बनाउँदा अल आउट भएको हो । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ’ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।
शृङ्खलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिवार हुनेछ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??