काठमाण्डौ ।
चीनले चन्द्रमाको टाढाको क्षेत्रबाट नमुना ल्याउने उदेश्यसहित रकेट प्रक्षेपण गरेको छ । ५३ दिनको अन्तरिक्ष अभियानका लागि आज स्थानीय समयअनुसार ५ बजेर २७ मिनेटमा रकेट प्रक्षेपण गरेको बीबीसीले जनाएको छ ।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न हेनान प्रान्तमा रहेको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चाङ ई–सिक्स नामको यान पठाएको हो । चन्द्रमाको पृथ्वीबाट नदेखिने र टाढा रहेको क्षेत्रबाट नमूना सङ्कलन गरेर अनुसन्धान गर्ने यो विश्वकै पहिलो प्रयास रहेको बीबीसीको खबरमा उल्लेख छ । यानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको आइटकेन आधारमा अबतरण गराउने लक्ष्य छ ।
पृथ्वीबाट टाढा रहेको यो क्षेत्र सूर्यको प्रकाश नपुग्ने अँध्यारो क्षेत्र पनि हो । चीनले पछिल्लो दशकमा अन्तरिक्ष कार्यक्रमलाई तीव्रताका साथ अघि बढाएको छ। जसमध्ये यो सबैभन्दा महत्वकाक्षी योजना रहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
-एजेन्सी