spot_img
spot_img
spot_img

प्याज निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटायो

spot_img

काठमाण्डौ ।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ। सन् २०२४ मा प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलन गर्दै उपभोक्ता विभाग सचिव निधि खरेले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको बताए । सचिव खरेका अनुसार यस वर्ष रवि सिजनमा भारतमा प्याज उत्पादन बढेको र आगामी सिजनमा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको छ ।

सरकारी अनुमान अनुसार हाल १९१ लाख टन प्याज उत्पादन भएको छ भने भारतमा प्रतिमहिना १७ लाख टन प्याज खपत हुने गरेको छ । सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो । –बीबीसी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img