काठमाण्डौ ।
शेयर बजार आज सोमबार पनि दोहोरो अंकले घटेको छ। बजार खुलेदेखि नै निरन्तर घटेको बजार अन्तिममा १५ दशमलव ६२ अंकले घटेर बन्द भएको हो ।
योसंगै नेप्से १९ सय ५८ दशमलव ७५ विन्दुमा झरेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३१० वटा स्टकको ६९ लाख ७८ हजार कित्ता शेयर २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
वित्त उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ९६ प्रतिशत घटेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??