spot_img
spot_img
spot_img

बेलायतमा जन्मजातै कान नसुन्ने एक बालिकाको उपचार सफल

spot_img

काठमाण्डौ ।

बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको उपचारपछि बालिकाले कान सुन्न थालेको र बहिरोपनको उपचारमा यो ऐतिहासिक उपलब्धि भएको बीबीसीले जनाएको छ ।

ओपल स्यान्डी नाम गरेकी बालिकालाई जन्मिएको एक वर्ष पुग्नै लाग्दा उपचार गरिएको थियो । उपचार गरेको छ महिनापछि उनले नरम आवाजहरू मात्र सुन्ने गरेकोमा अहिले पूरै सुन्न थालेको खबरमा उल्लेख छ । चीनलगायत अन्य देशका डाक्टरहरूले पनि ओपलको जिन थेरापी जस्तै समान उपचार पद्धतिकाे खोजी गरिरहेका छन् ।

उपचार सम्भव भएकी बालिका ओपलका आमाबुबाले यो उपचार पहलो पटक आफ्नी छोरीमा परीक्षण गर्दा शुरुमा डर लागेको तर अहिले भने चामत्कारिक नतिजा आएको भन्दै खुशी व्यक्त गरेका छन् ।

डाक्टरहरूले जिन थेरापीको उपचार सफल हुनु निकै उत्साहको खबर भएको र जन्मजात कान नसुन्ने अरू बालबालिकामा पनि उपचार शुरु गर्नुपर्ने बताएका छन् । यस्तो उपचार बालबालिका तीन वर्ष नपुग्दै मात्र गर्न सकिने डाक्टरहरूले बताएका छन् ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img