काठमाण्डौ ।
सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको हो ।
पर्वतारोही शेर्पाको शव मुचुल्का पछि आजै सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??