spot_img
spot_img
spot_img

आईपीएलमा आज : जित्नै पर्ने दबाबसहित मैदानमा ओर्लँदै दिल्ली र लखनउ

spot_img

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा मंगलबार ‘गर वा मर’को स्थितिमा रहेका दुई टोली दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबिच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सुरु हुनेछ । जारी आईपीएलमा खेल्न लागिएको यो ६४औँ खेल हो । त्यसपछि आईपीएलमा लिग चरणको ६ वटा खेलमात्र बाँकी रहनेछ । दिल्लीको यो अन्तिम खेल हो भने लखनउको अझै एक खेल बाँकी रहने छ । लखनउले आफ्नो अन्तिम खेल मे १७ तारिखमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

यो सिजनको आईपीएलमा दिल्लीले आफ्नो १४औँ र लखनउले १३औँ खेल खेल्न लागेका हुन् । दिल्लीले यसअघि खेलिएको १३ मध्ये ६ खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । दिल्ली १२ अङ्कसहित तालिकाको छैटौँ स्थानमा आसीन छ ।

लखनउले भने यसअघि खेलिएको १२ मध्ये ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । लखनउ पनि १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । समान अङ्क भए पनि लखनउ नेट रन रेटमा दिल्लीसँग पछि परेको हो ।

यी दुवै टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना बाँकी नै छ । जारी सिजनको आईपीएलमा हालसम्म एक टोली कोलकाता नाइट राइडर्समात्र अघिल्लो चरणमा पुगेको छ । मुम्बई इन्डियन्स, पञ्जाब किङ्स र गुजरात टाइटन्स भने उपाधि होडबाट बाहिरिएका छन् ।

प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न यी दुवै टोलीका लागि जित अत्यावश्यक छ । मंगलबारको खेलमा लखनउलाई हराए पनि दिल्लीले अगाडि बढ्न अन्य टोलीको नतिजामा भर पर्ने पर्ने हुन्छ ।

अर्कोतिर, लखनउसँग पनि मंगलबारको खेलमा जितको विकल्प छैन । दिल्लीलाई ठुलो अन्तरले हराउन सकेमा लखनउ तालिकाको चौथो नम्बरमा उक्लन सक्छ । त्यसपछि अर्को खेलमा मुम्बई पनि हराएमा लखनउ १६ अङ्कसहित प्ले–अफ चरणमा पुग्न सक्छ ।

हेड टु हेडमा लखनउ अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबिच कुल चार खेल खेलिएको छ। त्यसमध्ये तीन खेलमा लखनउले दिल्लीलाई हराएको छ। एक खेलमा भने दिल्लीले लखनउलाई पराजित गरेको छ। दिल्लीले यसै सिजनको आईपीएलमा लखनउलाई ६ विकेटले पराजित गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img