काठमाण्डौ ।
काठमाण्डौको मुलपानी र चितवनको गौतमबुद्ध कृकेट मैदान सहित देशभर बन्दै गरेका पाँच क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा परेका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले क्रिकेट रंगशाला निर्माण र खेलुकद पूर्वाधार निर्माण र विकासलाई सरकारको उच्च प्राथमिकतामा राखिने बताइएको छ ।
काठमाडौंको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने कार्यक्रममा उल्लेख गरिएको छ ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने सरकारले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने बताइएको छ । त्यस्तै नीति तथा कार्यक्रम घोषणामा अन्तर्राष्ट्रियस्तरका खेलुकद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्नुका तथा जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेसमेत उल्लेख गरिएको छ ।