spot_img
spot_img
spot_img

देवदहमा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

spot_img

बुटवल ।

देवदह नगरपालिकामा किशोर-किशोरीका लागि २ दिने प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना तालिम सम्पन्न भएको छ । देवदह नगरपालिकाको आयोजनामा सञ्चालन भएको तालिममा नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयका गरी ९७ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यवाहक वडा अध्यक्ष शोभाकान्त भट्टराईले किशोर किशोरहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धि क्षमता विकास गरि समाजमा यौन तथा प्रजनन् स्वास्थ्य समवन्धि समस्याहरुलाई न्यूनिकरण गर्न र चेतना वृद्धि गर्न केहि हद सम्म भएनी सहयोग पुग्नेमा आसावादि रहेको बताउनुभयो। साथै सिकेका कुरा व्यवहारमा उतार्ने र जानेका कुरा आफ्ना साथिभाई र विद्यालयमा पनि गएर सचेतना फैलाउन आग्रह समेत गर्नुभयो । सोहि अवसरमा प्रशिक्षार्थीको तर्फ बाट विपिन थापा र आकृति अधिकारीले तालिम अवधिभर सिकेका आफ्ना कुराहरु राखेका थिए ।

किशोरा बस्थाका लक्षण , प्रजनन स्वास्थ्यमा पर्ने असर तथा अपनाउनु पर्ने रणनितिका बिषयमा जानकारी गराइएको थियो । तालिमको सहजीकरण परिवार नियोजन संघ पाल्पा शाखाका शाखा प्रमुख शोभाकान्त न्यौपाने, नेपाल परिवार नियोजन संघ रुपन्देहीका शाखा प्रमुख विष्णु गुरुङले गर्नु भएको थियो । तालिममा प्रजनन स्वास्थ्य, किशारोवस्थामा हुने परिवर्तन र त्यसमा आफूलाई कसरी अभ्यस्त बनाउने र महिनावारीका समयमा गर्नुपर्ने स्वास्थ्य सरसफाइ, हेरचाहका विषय तथा अधिकार सम्बन्धी कानुनी प्रावधानका बारेमा जानकारी दिइएको हो।

कार्यक्रम देवदह नगरपालिका वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष शोभाकान्त भट्टराईको अध्यक्षता र महिला तथा बालबालिका शाखा प्रमुख ईन्दिरा भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । तालिमको बुधबार देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img