काठमाण्डौ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी पाँच दलहरूले निर्णय गरेका छन । आज बसेको विपक्षी दलहरूको बैठकले सो निर्णय लिएको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभएको छ ।
गृहमन्त्री लामिछानेले दिने जवाफमा प्रतिपक्षी दलहरू सहमत भएमा संसदीय समितिको माग समेत फिर्ता लिने र संसद चल्न दिने समझदारी भएको शाहीले बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??