बुटवल ।
बुटवलवको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
आज बिहान एम्बुलेन्सले ठक्कर दिदा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपालीको मृत्यु भएको हो भने बुटवल ११ कै ५५ वर्षिय हरिकला नेपाली र ३५ बर्षिय झुपा ठडराई घाइते भएको प्रहरीले जनाएको छ । अर्घाखांचीबाट बिरामी लिएर बुटवल तर्फ आउदै गरेको जिल्ला अस्पताल अर्घाखांचीको लु १ ज ५३१ नम्वरको एम्वुलेन्सले बुटवल उपमहानगरपालिका वडा नं १३ झोलुंगेपुल नजिकै उनीहरुलाई ठक्कर दिएको हो ।
घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने एम्वुलेन्स र चालक अर्घाखाँचीको पाणीनी गाउपालिका ७ का नारायण बहादुर मगर प्रहरीको नियन्त्रणमा रहेका छन ।