काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस सहितका विपक्ष दलहरुको अवरोधका बीच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालको लागी १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो प्रश्तावको पक्षमा मतदान गर्नुभएको थियो ।
१५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको हो । प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??