काठमाण्डौ ।
हाइटीको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनापछि खुलेको छ । सहरमा एक पछि अर्को गर्दै ग्याङ्ग फाइटका घटनाहरू भइरहँदा अधिकारीहरू विमानस्थल बन्द गर्न बाध्य बनेका थिए । सोमबारदेखि राजधानी पोर्ट–एउ–प्रिन्समा रहेको टूसेन्ट लोवर्चर विमानस्थल फेरि खुलेको छ । विमानस्थल पुनः सञ्चालनमा आएपछि औषधि र अन्य आधारभूत वस्तुको चरम अभाव कम गर्न मद्दत मिल्ने आशा गरिएको छ ।
अहिलेसम्म पनि हाइटीको मुख्य बन्दरगाह बन्द छ । राजधानीको ८० प्रतिशत हिस्सा सशस्त्र समूहहरूको नियन्त्रणमा छ । मार्चदेखि विमानस्थल बन्द थियो । सोमबार पनि पहिलो उडान तय भएको समयभन्दा २ घण्टा ढिलो भएको थियो ।
-एजेन्सी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??