काठमाडौं ।
नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असरका बारेमा छलफल गर्न काठमाडौंमा जेठ ९ र १० गते ‘अन्तर्राष्ट्रिय संवाद’ गरिने भएको छ । संवादको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी वन तथा वातावरण मन्त्रालयले अन्तर्राष्ट्रिय संवादबारे जानकारी गराएको हो। दुई दिनसम्म सञ्चालन हुने ‘हिमाल, मानव र जलवायु परिवर्तन: विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ मा २५ देशका विशेषज्ञहरुको सहभागिता हुने जनाइएको छ । अब नेपालले हिमालका मुद्दामा नेतृत्व लिएर यस विषयलाई अन्तर्राष्ट्रिय जगतमा संस्थागत गर्न यो संवाद महत्वपूर्ण हुने बताइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??