spot_img
spot_img
spot_img

सेनाको जासुसी गर्ने भूउपग्रह लन्च गर्दै उत्तर कोरिया

spot_img

काठमाण्डौ ।

उत्तर कोरियाले सेनाको जासुसी गर्ने भुउपग्रह भूउपग्रह लन्च गर्न लागेको छ । छिटोमा आगामी हप्ता सो भूउपग्रह लन्च गरिने जानकारी उसले जापानलाई दिएको छ । यो उत्तर कोरियाको दोस्रो सैन्य जासुस भूउपग्रह हुनेछ । दक्षिण कोरिया, जापान र चीनका नेताहरू सोलमा पहिलो त्रिपक्षीय बैठकका लागि भेट्दै गर्दा सो जानकारी आएको हो । उत्तर कोरियाले सेटलाइट रकेटको लन्चबारे जापानको तटीय सुरक्षा (कोष्ट गार्ड)लाई जानकारी दिएको छ ।

जापानको कोष्ट गार्डले समुद्री सुरक्षा जानकारी पूर्वी एसियामा समन्वय र प्रसार गर्ने भएकोले उत्तर कोरियाले जापानलाई प्रक्षेपणबारे जानकारी दिएको हो । अन्तरिक्षबाट निगरानी सञ्चालन बनाउन गएको नोभेम्बरमा उत्तर कोरियाले आफ्नो पहिलो सैन्य जासुस भूउपग्रह प्रक्षेपण गरेको थियो । सो भूउपग्रह प्रक्षेपणपछि कोरियाली प्रायद्विपमा तनाव बढेको थियो । संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई कुनै पनि प्रकारका भूउपग्रह प्रक्षेपणमा बन्देज लगाएको छ ।

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img