spot_img
spot_img
spot_img

२४ घण्टामा गर्मीका कारण बिहारमा १४ जनाको मृत्यु

spot_img

काठमाण्डौ ।

भारतको बिहार राज्यमा लगातार गर्मी बढिरहेको छ । गर्मीले पछिल्ला सबै रेकर्ड तोडेको छ । गर्मीबाट तत्काल राहत नपाइने भन्दै मौसम विभागले अलर्ट जारी गरेको छ। बुधवारको गर्मीले राज्यमा १४ जनाको मृत्यु भएको बताइएको छ । गर्मीले गर्दा कयौँ विद्यालयमा शिक्षक र विद्यार्थीसमेत गरेर ३३७ जना बिरामी भएका थिए ।

मौसम विभागले बिहीबारका लागि राज्यको कयौँ जिल्लामा अलर्ट जारी गरेको छ । पछिल्लो समय गर्मी बढिरहँदा भारतका कयौँ राज्यमा हिटस्ट्रोकका कारण मर्नेको सङ्ख्या बढेको छ । उत्तर प्रदेशमा बुधबार एकै दिन ५१ जनाको मृत्यु भएको खबर आएको थियो ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img