spot_img
spot_img
spot_img

‘दरबार हत्याकाण्ड’ को आज २३ वर्ष पूरा

spot_img

काठमाण्डौ ।

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । आज तत्कालीन राजा वीरेन्द्र परिवारकै निधन भएको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ। २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो ।

राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिएपनि त्यसको अविश्वास र आशंका कायमै छ ।

युवराज दिपेन्द्रले राजपरिवारको विनाश गराएको कतिपयको आरोप पनि लागाउदै आएका छन तर, उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img