spot_img
spot_img
spot_img

कपाल झरेर दिक्क हुनु हुन्छ ? खानुस् यी खानेकुरा

spot_img

काठमाण्डौ ।

कपाल झर्ने समस्या नौलो होइन । यो अहिले हामीमध्ये अधिकांश व्यक्तिको समस्या हो । अलिअलि कपाल झर्नु कपाल झर्नु चिन्ताजनक होइन । तर हामीमध्ये केहीमा कपाल झनै समस्या यति व्यापक छ कि तालु खुइले भइने स्थिति उत्पन्न भएको छ । कपाल झरेर चिन्तित हुनु भन्दा यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा सोच्नुपर्छ ।

कहिलेकाहीँ पोषणको अभावका कारण कपाल झर्न थाल्छ । यस्तोमा कपाल झर्न नदिन कपालको पोषणका लागि आवश्यक खानेकुरा खानु पर्छ । कपालका लागि बायोटिन (बी सेभेन भिटामिन) निकै जरुरी छ । यो भिटामिनले कपाललाई भित्रैदेखि बलियो बनाइराख्छ र झर्नबाट बचाउँछ ।

अन्डामा भरपुर मात्रामा बायोटिन पाइन्छ । यसले कपाललाई पोषण त दिन्छ नै झर्नबाट पनि रोक्छ । कपाललाई चम्किलो पनि बनाउँछ । मेथीको दाना, चिया सिड, आलस, खबरूजा र सूर्यमुखीको बियाँ पनि बायोटिनको राम्रो स्रोत हो । यसमा पाइने प्रोटिन र भिटामिनले कपाललाई बलियो पनि बनाउँछ ।

यी बियाँहरु मात्रै होइन ड्राई फ्रुटले पनि कपाललाई भित्रैदेखि पोषण दिन्छ । यसमा क्याल्सिय, म्याग्नेशियम, फाइबर र राइबोफ्लेबिन पर्याप्त मात्रामा पाइन्छ । यी सबै कपालका लागि सुपर फुड हुन्छ । यसको सेवनले कपाल झर्न दिँदैन वा कम गर्छ ।

एभोकाडोमा पनि भरपुर मात्रामा बायोटिन पाइन्छ । यसमा हेल्दी फ्याट र ओमेगा ३ हुन्छ । जुन कपालका लागि निकै जरुरी हुन्छन् । सखरखन्डा पनि कपालको स्वास्थ्यका लागि उपयोगी खानेकुरा हो । यसमा बायोटिन र बिटा क्यारोटिन हुन्छ । यी दुवै भिटामिन ‘ए’मा परिणत हुन्छन् । भिटामिन ए कपालको विकासका लागि जरुरी तत्त्व हो । एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img