काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार पाँचै वर्ष चल्ने दाबी गर्नुभएको छ। आज बुधबार पोखरा सभागृहमा भएको पार्टी कार्यकर्ता भेलामा उहाँले आफ्नै नेतृत्वमा पाँच वर्ष सरकार चल्ने भन्दै दाबी गर्नुभएको हो।
उहाँले कि अर्को लिडर खोज्ने मन छ र तपाईंहरुलाई ? भन्दै प्रश्न समेत गर्नुभएको थियो। मैले नेतृत्व छोड्दा उत्तराधिकारी खोजेरै जान्छु नि । म सधैँ नेता हुने त होइन नि ।’ उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले माओवादीमा नेतृत्व खोज्ने समय नआएको तर्क समेत गर्नुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??