काठमाडौं ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत प्राप्त गर्न सक्नुभएन । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवको पक्षमा ५० मतमात्र परेको थियो । यादवको विपक्षमा ५३ सांसदले मत गरका थिए । बुधबारको बैठकमा १०३ सांसद उपस्थित थिए ।
जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत माग्नुभएको थियो । संविधानको धारा १८८ को २ अनुसार मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??