spot_img
spot_img
spot_img

मिटिङमा तपाईंको ठाउँमा बसिदिनेछ अब तपाईंको एआई अवतार

spot_img

काठमाण्डौ ।

सोच्नुस् त कुनै विशेष दिनको लागी कुनै विशेष दिनको लागि तपाईँले खास योजना बनाउनुभयो । तर त्यही बेला हाकिमले तपाईँलाई फोन गरेर एउटा महत्त्वपूर्ण बैठक छ, जसरी भए पनि आउनै पर्छ भनेर भने भने के होला ? यस्तोमा मुड खराब हुनु त सामान्य नै हो । यो समस्याको समाधान कसरी गर्ने त ? तपाई सहभागी हुनु पर्ने बैठकमा तपाईँको एआई अवतार सहभागी हुन सक्नेछ ।

यो अन्त होइन जुम मीटिङ एपमा चाहिँ सम्भव हुने भएको छ । भिडियो कन्फ्रेन्सिङ एप जुमका सीईओ एरिक युआनले यसबारे जानकारी पनि दिएका छन् । अब प्रयोगकर्ताको एआई अवतार पनि उनको ठाउँमा बैठकमा उपस्थित हुन सक्ने उनले बताएका छन् । यी अवतारहरूलाई पहिला नै प्रयोगकर्ताको बैठक एजेन्डा र पहिलाका कन्टेन्टका आधारमा तालिम दिइनेछ । सोहीका आधारमा एआई अवतारले मिटिङमा तपाईँको  प्रतिनिधित्व गरिदिनेछ । आगामी दिनमा एआई अवतारले बैठकहरूमा मानिसको स्थान लिने युआनको भनाई छ ।

आगामी ५–६ वर्षमा ९० प्रतिशत काम एआईमार्फत हुने उनको भनाइ छ । ‘आज तपाईँ र म अनलाइनमा कुराकानी गरिरहेका छौँ । तर भोलि मेरो एआई अवतारले मेरो ठाउँमा तपाईँसँग कुरा गर्नेछ । यसले मानिसको निजी जीवन र कामबिच सन्तुलनमा सुधार हुनेछ ।’ उनले भनेका छन् । जुमले छिट्टै आफ्नो प्लेटफर्ममा धेरै एआई फिचरहरू थप्दैछ । यी फिचरहरू आएपछि स्वचालित ट्रान्सक्रिप्शन जस्ता फिचर उपलब्ध हुनेछन् ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img