spot_img
spot_img
spot_img

संसदीय दलका नेता चुनिए नरेन्द्र मोदी

spot_img

काठमाण्डौ ।

भारतमा लोकसभा निर्वाचन लोकसभा निर्वाचनमा एनडीएले बहुमत पाएपछि नयाँ सरकार गठनका लागि तयारी तीव्र भएको छ । सरकार गठनका लागि भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एडीए)ले दिल्लीमा लगातार बैठक बसिरहेको छ । एनडीएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एनडीएको संसदीय दलका नेता चयन गरेको छ । शुक्रबार पुरानो संसद् भवनमा एनडीए संसदीय दलको बैठकमा राजनाथ सिंहले यसको प्रस्ताव राखेका थिए । प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

त्यतिबेला टीडीपी प्रमुख चन्द्रबाबु नायडु र बिहारका मुख्यमन्त्री नीतिशकुमार पनि उपस्थित थिए । बैठकमा नायडुले ‘नरेन्द्र मोदीले देशका लागि काम गरुन्, उनलाई हाम्रो पूरा समर्थन छ’ भनेका थिए । नीतिशकुमारले पनि सबै दिन प्रधानमन्त्रीको साथमा रहने बताएका थिए । मोदीले जुन ९ मा प्रधानमन्त्रीको शपथ लिन सक्ने बताइएको छ । भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रोपटक बहुमत हासिल गरेको छ ।  उता कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनको बैठक पनि जारी छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img