spot_img
spot_img
spot_img

इजरायली सेनाद्वारा गाजाबाट चार बन्धक उद्धार

spot_img

काठमाण्डौ ।

इजरायलले हमासको कैदबाट आफ्ना चार बन्धकलाई मुक्त गरेको छ । इजरायली सेनाले ती बन्धकहरूलाई उद्धार गर्न विशेष अभियान सुरु गरेको थियो। प्यालेस्टिनी अधिकारीहरूले बन्धकहरूलाई मुक्त गर्न इजरायली कारबाहीमा धेरै सर्वसाधारण मारिएको बताएका छन् ।

रिहा भएपछि बन्धकहरुले आ-आफ्ना परिवारलाई भेटेका थिए। नोआ अरगामनी (२७), अलमोग मिर (२२), आन्द्रेई कोज्लोभ (२७) र सलोमी जिभ (४१) लाई शनिबार उद्धार गरिएको हो । यी सबै इजरायली नागरिकलाई हमासले नोभा म्युजिक फेस्टिभलबाट अक्टोबर ७ मा अपहरण गरेको थियो।

इजरायली सेनाले यी बन्धकहरूलाई उद्धार गर्न सुरु गरिएको अपरेसन निकै ‘जोखिमपूर्ण र जटिल’ भएको बताएको छ। यस अपरेसनका क्रममा नुसरत क्षेत्रमा इजरायली सैनिक र हमास लडाकुबिच निकै झडप भएको थियो । इजरायली सेनाले हवाई हमला पनि गरेको थियो ।

प्यालेस्टिनी अधिकारीहरूले यस कारबाहीमा ठुलो सङ्ख्यामा मानिस मारिएको बताएका छन्। गाजाका दुई अस्पताल, अल-अक्सा र अल-अवदा अस्पताल, ले ७० शवहरू गनेको जानकारी दिएका छन्।

हमास सरकारद्वारा सञ्चालित मिडिया कार्यालयले यस हमलामा अल-नुसरत शरणार्थी शिविर वरपर इजरायली आक्रमणमा २१० जनाको मृत्यु भएको जनाएको छ। इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले आक्रमणमा १०० जनाको मृत्यु भएको अनुमान गरेका छन् ।

बन्धकहरूमध्ये नोआ अरगामनी (चिनियाँ मूलका इजरायली नागरिक) अक्टोबर ७ मा नोभा फेस्टिभलबाट अपहरणमा परेकी थिइन् । मोटरसाइकलमा अपहरण गरेर लैजाँदै गर्दा उनी ‘मलाई नमार, मलाई नमार’ भन्दै चिच्याएको भिडियो समेत सार्वजनिक भएको थियो । त्यस्तै आन्द्रेई कोज्लोभ रुसी हुन् र सन् २०२२ मा इजरायल आएका थिए। सलोमी जिभ पनि रुसी हुन् । दुवै जना महोत्सवमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए। त्यही क्रममा उनको अपहरण भएको थियो ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img