spot_img
spot_img
spot_img

भेटियो मालावीका उपराष्ट्रपति चढेको विमान, विमानमा सवार सबै मृत

spot_img

काठमाण्डौ ।

मालावी  मालावीका उपराष्ट्रपति सवार बेपत्ता विमान भेटिएको छ । प्रधानमन्त्री लाजारुस चक्वेराले यसको जानकारी दिएका हुन् । उपराष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार सेनाको एउटा विमान बेपत्ता भएको थियो । सोमबार बिहान राजधानी लिलोङ्वे स्थित विमानस्थलबाट उडेको केही बेरपछि मलावी डिफेन्स फोर्सको सो विमान सम्पर्कविहीन भएको थियो ।

विमान उड्दा मौसम खराब थियो । बेपत्ता विमान भेटिएको र विमानमा सवार कोही पनि जीवित नभेटिएको चक्वेराले बताएका छन् । मंगलबार पत्रकार सम्मेलनमा  चक्वेराले खोजी र उद्धार कार्य पूरा भएको अनि विमान भेटिएको जानकारी मलावी डिफेन्स फोर्सलाई सूचित गरेका थिए । उद्धार टोलीले विमान पूरै ध्वस्त अवस्थामा फेला पारेको बताइएको छ ।

मालावीमा राष्ट्रपति र उप–राष्ट्रपति अलग–अलग पार्टीका हुन् । तर सन् २०२० को निर्वाचनको समयमा दुईले गठबन्धन गरेका थिए । ५१ वर्षिय चिलिमा चार दिन अघि निधन भएका सरकारका पूर्व मन्त्री राल्फ कासाम्बाराको अन्त्येष्ठीमा सहभागी हुन जाँदै थिए । सो विमानमा पूर्व फर्स्ट लेडी शानिल दिजिम्बिरी पनि सपार थिइन् । विमान सोमबार बिहान राजधानी लिलोङ्वेबाट उडेको थियो ।

विमान उत्तरी सहर मजुजुमा अवतरण हुनेवाला थियो । तर भिजिबिलिटी कमजोर भएकोले विमान बिचबाटै फर्किएको थियो । चिलिमा सन् २०१४ देखि मालावीको उप–राष्ट्रपति थिए । मालावीका युवा पुस्तामाझ उनी निकै लोकप्रिय थिए । तर सन् २०२२ घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए । गएको महिना अदालतले  उनीमाथिको मुद्दा खारेज गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img