spot_img
spot_img
spot_img

तलाउमा मान्छे डुबेको भन्दै स्थानियले प्रहरी बोलाए: प्रहरी आएपछी खुल्यो यस्तो रहस्य!

spot_img

काठमाण्डौ ।

भारतको तेलंगाना राज्यको हनुमाकोण्डा हनुमाकोंडा जिल्लामा एउटा अनौठो घटना भएको छ । रेड्डीपुरम प्रहरीलाई स्थानीयले तलाउमा पाँच घण्टादेखि मान्छे डुबेको अवस्थामा देखिएको भन्दै खबर गरे । घटनास्थलमा प्रहरी पुग्दा वास्तविकता भने निकै बेग्लै पाइएको हो ।

तलाउ किनारमा टाउको अड्याएर शरीर पानीमा डुबाएको अवस्थामा एक व्यक्ति हलचलविना सुतिरहेका थिए । प्रहरीले हात समात्नासाथ ती व्यक्ति उठे ।

नेल्लोर जिल्लाको कावली निवासी ती व्यक्तिको पहिचान भने खुलाइएको छैन । प्रहरी स्रोतका अनुसार उनी प्रचण्ड गर्मी छल्नका लागि बिहानैदेखि तलाउमा शरीरलाई डुबाएर सुतेका थिए ।

विगत १० दिनदेखि दैनिक १२ घण्टाका दरले ग्रेनाइटको खानीमा लगातार काम गरेको बताउने उनले शरीरलाई ठण्डा गराउन आफू यसरी तलाउमा आएर आराम गरेको बयान प्रहरीलाई दिएका छन् ।

लामो समय हलचल नगरी सुतेका कारण स्थानीयवासीले भने कोही डुबेर मरेको होला भनेर प्रहरीलाई खबर गरेका थिए । ती व्यक्ति मंगलबार बिहान स्थानीय समयानुसार ७ बजे तलाउमा पसेका थिए । मध्याह्न १२ बजेसम्म पनि उनी तलाउबाट ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img