spot_img
spot_img
spot_img

मुस्लिम समुदायले आज बकर इद पर्व मनाउँदै

spot_img

काठमाण्डौ ।

मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व धुमधामका साथ मनाउँदैछन। बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।

बकर इदकै उपलक्ष्यमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौं दिन मनाउने गरिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । आजको दिन जामे मस्जिदमा नमाज पढिसकेपछि धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिव, एक भाग इष्टमित्र र अर्को भाग आफूले राख्ने परम्परा रहि आएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img