सर्लाही ।
रुपन्देहीबाट यात्रु लिएर हिडेको बस सर्लाहीको बागमती नगरपालिकामा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा परि १७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका ११, रायमाझी चोकमा रोकि राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवटको मृत्यु भएको प्रहरीले जानकारी गराएको हो ।
रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटनामा परेको हो । बसमा ४० जना सवार रहेका थिए । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।