spot_img
spot_img
spot_img

बोइङ दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले मागे २५ अर्ब डलर क्षतिपूर्ति

spot_img

काठमाण्डौ ।

अमेरिकी विमान निर्माता कम्पनी बोईङको बोइङ्को दुई वटा ७३७ म्याक्स विमानमा परेर ज्यान गुमाउने यात्रीहरूको परिवारले कम्पनीसँग झन्डै २५ अर्ब डलर क्षतिपूर्ति मागेका छन् । अमेरिकाको उड्ययन इतिहासमा सबैभन्दा बढी जनाको ज्यान जाने गरी भएको दुर्घटनाका लागि पीडितका परिवारले अभियोजनकर्तासँग बोइङलाई २४ अर्ब ८० करोड डलर जरिवाना तिराउन भनेका हुन् ।

रकम उचित भएको र बोइङको अपराधका कारण भएको  मानवीय क्षतिलाई विचार गर्दा उपयुक्त पनि भएको पीडितका परिवारतर्फका वकिल पल कासेलले बताए । बीबीसीले देखेको ३२ पृष्ठ लामो पत्रमा अमेरिकी सरकारले ३४६ जनाको ज्यान जाने गरी सन् २०१८ र सन् २०१९ मा भएको ती दुर्घटनामा कम्पनीमाथि मुद्दा चलाउनु पर्ने बताइएको छ ।

सन् २०१८ को अक्टोबरमा जकार्ताबाट उडेको १३ मिनेटमै जाभा समुद्रमाथि लायन एयरको विमान दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । त्यसको ५ महिनामै इथियोपियन एयरलाइन्सको विमान राजधानी एडिस आबाबाबाट उडेको ६ मिनेटमै दुर्घटना ग्रस्त हुँदा विमानमा सवार १५७ जनाको मृत्यु भएको थियो । फ्लाइट कन्ट्रोल सिष्टममा त्रुटिका कारण ती दुर्घटना भएको पाइएको छ । -एजेन्सी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img