काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाले सबैभन्दा ठूलो झण्डै २६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । राष्ट्रियसभा गृहमा आयोजित नगरसभा बैठकमा २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट पेश गरिएको हो ।
उपप्रमुख सुनिता डंगोलले बजेट वक्तव्य पेश गर्नुभएको थियो । बजेट पेश गर्नुअघि नीति तथा कार्यक्रम पारित गरिएको थियो । महानगरको बजेटमा ३० वटा स्वर्णिम योजना घोषणा गरिएको छ ।
यसका लागि २ अर्ब बजेट विनियोजन गरिएको छ । यस्तै ११ वटा गौरवका योजना अघि सार्दै ३ अर्ब बजेट छुट्याइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??