spot_img
spot_img
spot_img

पछिल्लो २४ घण्टामा विभिन्न विपदजन्य घटनामा परि १४ जनाको मृत्यु

spot_img

काठमाडौं ।

पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । घटनामा हालसम्म १४ जनाको मृत्यु भएको र दुई जना अझै बेपत्ता भएको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

घटनामा १० जना घाइते भएको र १९ लाखभन्दा बढी आर्थिक क्षति भएको प्राधिकरणको भनाई छ । प्राधिकरणका अनुसार पहिरोबाट आठ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको  छन । यस्तै चट्याङबाट पाँच जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बाढीबाट एक जनाको मृत्यु, दुई जना बेपत्ता र एक जना घाइते भएका छन् ।

विपद्ले ओखलढुङ्गा, संखुवासभा, सुनसरी, उदयपुर, इलाम, धनकुटा, लमजुङ, कास्की, मोरङ, झापा, रोल्पा, दैलेख र बागलुङ बढी प्रभावित भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img