काठमाण्डौ ।
नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा गण्डकी प्रदेश सरकारको मन्त्रीमा पुनः नियुक्त हुनु भएको छ । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद पुगेका सांसद देवकोटा आइतबार पुनः मन्त्री बन्नुभएको हो ।
देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गर्नुभएको छ । मन्त्री पदमा नियुक्त भईसकेपछी उहाँले सपथ पनि लिईसक्नुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??