काठमाण्डौ ।
भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् । शनिबार राति वेस्टइन्डिजमा भारतलाई १७ वर्ष पछि टी–२० विश्वकपको उपाधि दिलाएका कप्तान शर्माले संन्यासको घोषणा गरेका हुन् ।
रोहित शर्माले आफ्नो करियरमा कुल १५९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ४२३१ रन बनाएका छन्। यो फर्म्याटमा उनको नाममा सर्वाधिक ५ शतकको कीर्तिमान पनि छ । रोहितले टी–२० अन्तर्राष्ट्रियमा कुल ३२ अर्धशतक पनि बनाएका छन् । अब उनले यही ऐतिहासिक कीर्तिमानसँगै आफ्नो यात्रा अन्त्य गर्ने निर्णय गरेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??