spot_img
spot_img
spot_img

भारतीय सेयर बजार नयाँ उचाइमा

spot_img

काठमाण्डौ ।

बुधबार भारतीय सेयर बजारले नयाँ उचाइ लिएको छ । कारोबारका क्रममा बजार परिसूचक बीएसई सेन्सेक्सले ‘अल टाइम हाइ’ ८० हजार ७४ अंक पुगेको थियो । यद्यपि बन्द हुँदा सेन्सेक्स ७९,९८६ मा रह्यो । यो अंक बजार बन्द हुँदाको सबैभन्दा उच्च हो । अघिल्लो दिनको तुलनामा बुधबार बीएसई सेन्सेक्स ५४५ अंक (०.६९ प्रतिशत) बढेको हो ।

बीएसई सेन्सेक्स विगत एक वर्षको अवधिमा २२ प्रतिशत बढेको छ । ठीक एक वर्षअघि बीएसई सेन्सेक्स ६५,२०५ अंकमा थियो । बीएससीई मात्रै नभई निफ्टी–५० सूचकले पनि उच्च अंकको रेकर्ड बनाएको छ । निफ्टी–५० सूचक २४,२८६ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा यो सूचक १६२ अंक (०.६७ प्रतिशत) बढेको हो ।

निफ्टी ५० मा सबैभन्दा धेरै मूल्य बढेका कम्पनीमा टाटा कन्जुमर प्रोडक्ट्स, एचडीएफसी बैंक, कोटक महिन्द्रा बैंक, अडानी पोर्टस्, एक्सिस बैंक रहे ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img