काठमाण्डौ।
दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षे बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको चना खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उनलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पुर्याइपनि अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??