काठमाण्डौ ।
नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल चयन हुनुभएको छ । राजधानीमा जारी महाधिवेशनमा आज बिहीबार माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
यस्तै झलनाथ खनाल फेरि पनि सम्मानित नेतामा सर्वसम्मत हुनुभएको छ भने महासचिवमा घनश्याम भुसाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । उपाध्यक्षसहित अन्य पदाधिकारीहरुमा पनि सहमति जुटाउने कोशिस भईरहेको जनाइएको छ ।
महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??