spot_img
spot_img
spot_img

क्यानडा पहिलोपटक कोपा अमेरिकाको सेमिफाइनलमा

spot_img

काठमाण्डौ ।

पेनाल्टी सुटआउटमा भेनेजुएलालाई पाखा लगाउँदै क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । टोली प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो । पेनाल्टी सुटआउटमा भेनेजुएलाका यांगेल हरेरा, जेफ्रेसन साभारिनो र विल्कर एन्जेल गोल गर्नबाट चुके । यता क्यानडाका लियाम मिलर र स्टेफन एस्टासियोले गोल गर्न सकेनन् । इस्माइल कोनेले निर्णायक पेनाल्टीमा गोल गर्दै क्यानडालाई ४–३ को जित दिलाए ।

यसअघि, निर्धारित समयको खेलमा क्यानडाले पहिले अग्रता लिएको थियो । ज्याकब साफलबर्गले १३ औँ मिनेटमा गोल गरेका थिए । तर, दोस्रो हाफको ६४ औँ मिनेट होसे सलोमोन रोनडोनले भेनेजुएलाका लागि बराबरी गोल फर्काएका थिए । जारी प्रतियोगिताको प्रारम्भिक चरणमा क्यानडा समूह ‘ए’ मा रहेको थियो ।

क्यानडा आफ्नो समूहको उप–विजेता बन्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको थियो । समूहगत चरणमा क्यानडाले तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो ।

क्यानडा समूहगत चरणको आफ्नो पहिलो खेलमा बलियो अर्जेन्टिनासँग ०–२ गोलले पराजित भएको थियो । दोस्रो खेलमा क्यानडाले पेरुलाई १–० गोलले हराएको थियो । तेस्रो खेलमा क्यानडाको टोली चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img