spot_img
spot_img
spot_img

प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेको आग्रह

spot_img

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो।

काँग्रेससँगको सहमति अनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उसले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्व गर्न नहुने निष्कर्ष निकालेको हो ।

यस्तै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ अघि राजीनामा नदिए उक्त दिन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत नदिने निर्णय गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img