सुनसरी ।
सप्तकोशी नदिमा पानीको बहाब निरन्तर बढ्दै गएपछी कोशी ब्यारेजका सबै ढोका खोलिएका छन । सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले आज बिहानदेखि सप्तकोशीमा पानीको बहाब निरन्तर बढन थालेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको जानकारी दिनुभएको छ ।
आइतबार १०.३० बजेसम्म सप्तकोशीमा पानीको बहाब प्रति सेकेन्ड ३ लाख ७० हजार १५० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । सप्तकोशी नदिमा प्रति सेकेन्ड एकलाख ५० हजार क्युसेक पानीको बहाब पुगेपछि खतरा मानिन्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??