काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन। संघीय संसदको दुवै सदनको बैठक भई पारित भएको उक्त विधेयक राष्ट्रपतिले सोमबार प्रमाणीकरण गरेका हुन् ।
विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??