काठमाडौँ ।
नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । आज मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको पार्टीले जनाएको छ । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गरिएको हो।
एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो । आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११.०० बस्ने गरी बैठक स्थगित भएको छ एमाले प्रचार विभाग सदस्य गगन विष्टले जानकारी दिनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??