काठमाण्डौ ।
जनता समाजवादी पार्टीका मन्त्रीहरूले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले गत असार २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा बुझाएका थिए।
जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए ।
राजीनामा बुझाएको तीन दिनपछि उनीहरूको राजीनामा स्वीकृत भएको छ। उक्त मन्त्रालय अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै हेर्ने बताईएको छ । साथै यसअघि नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??