काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग छल गरेको गुनासो गर्नुभएको छ। माओवादी संसदीय दलको बैठकलाई आज बुधबार सम्बोधन गर्दै दाहालले आफूसंग स्वर्ग गएपनि संगै जाने र नर्क गए पनि संगै जाने भनेका ओलीले २४ घण्टा नवित्दै कांग्रेससंग गठबन्धनको सम्झौता गरेको बताउनुभएको हो ।
पछिल्लो प्रकरणबाट ओली बारेको ठूलो भ्रम चिरिएको भन्दै दाहालले तर यस्तो गरी धोका दिन्छन भन्ने नलागेको बताउनु भएको बैठकपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने जिकिर पनि गर्नुभयो ।
माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप पनि जारी गरेको छ ।