काठमाण्डौ ।
रूपन्देहीको देवदह ९ मा अवस्थित न्यू नमुना इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्यापन गराउनु हुने शिक्षक र कक्षा ९ अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको अभिभावकबीचमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। शिक्षक विद्यार्थी र अभिभावकको सम्बन्धले नै सिकाइमा सुधार ल्याउन सकिन्छ भन्ने हेतुले शिक्षक र अभिभावक बीच अन्तरक्रिया कार्यक्रम राखिएको कुरा विद्यालयका प्राचार्य चुराबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीको चौतर्फी विकासका लागि उचित मार्गदर्शनको भूमिका अभिभावक र शिक्षकले खेल्नुपर्ने कुरा पनि बताउनुभयो ।
उक्त कार्यक्रममा शिक्षकहरूले विद्यार्थीको स्कुलमा हुने शैक्षिक क्रियाकलाप उपलब्धि विवरण अभिभावकलाई जानकारी गराउनुभएको थियो भने अभिभावकहरूले विद्यार्थीको घरमा हुने सिकाई गतिविधि र अन्य क्रियाकलापको जानकारी गराउनुभएको थियो ।
कार्यक्रम कृष्णप्रसाद पन्थी सरले सञ्चालन गर्नुभएको थियो। त्यस्तै विद्यार्थीहरूको समग्र शैक्षिक क्रियाकलापको बारेमा कक्षा शिक्षक हेमराज चालिसेले विद्यार्थीहरूको विद्यालयमा हुने क्रियाकलाप सम्बन्धी अभिभावकलाई जानकारी गराउनु भएको थियो।