काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।
शुक्रवार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गर्दै पार्टीका सबैलाई प्रधानमन्त्रीलाई मत दिन ह्विप जारी गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री दाहालले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेश गर्नुहुने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??