काठमाडौँ ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गएको पहिरोमा परेको यात्रुसहितका दुई बसको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा वर्षा सङ्गै खसेको पहिरोले २ बस बगाउदा बसमा सवार यात्रु बेपत्ता भएका हुन । लेदो सहितको पहिरोका कारण बस त्रिशूलीमा खसेको थियो ।
बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस नदिमा खसेका हुन । दुबै बसमा चालकसहित झण्डै ५५ जना यात्रु रहेको प्रहरीले अनुमान गरेको छ ।
नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना भने सकुशल प्रहरीको सम्पर्कमा रहेका छन् ।
दिनभरी प्रहरी सहितको गोताखोरको टिमले खोज्दा भेट्टाउन नसकेपछी आजलाई खोजीकार्य स्थगित गरिएको छ । भोलि बिहानैदेखि खोजीलाई निरन्तरता दिने प्रहरीले बताएको छ ।