चितवन ।
चितवनको भरतपुर महानगरपालिका २८ मा एक भारतीय नागरिककाे शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा उनको शव भेटिएको हो । उनी भारतीय नागरिक ऋषि साह रहेको खुल्न आएको छ ।
उनको साथमा रहेको रासन कार्डकाे आधारमा पहिचान गरिएको प्रहरीको भनाई छ । उक्त शव सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेकाे बसका यात्रुको हुनसक्ने अनुमान गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??