spot_img
spot_img
spot_img

भारतको गुजरातमा चण्डिपुरा भाइरसको आशङ्कामा चार बालबालिकाको मृत्यु

spot_img

काठमाण्डौ ।

पश्चिम भारतको गुजरात राज्यमा चण्डिपुरा भाइरसको संदिग्ध सङ्क्रमणका कारण कम्तीमा चार बालबालिकाको मृत्यु भएको र अन्य दुई जनाको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । गुजरातको राजधानी सहर गान्धीनगरबाट ६३ किलोमिटर उत्तरपूर्वमा रहेको साबरकण्ठा जिल्लाको हिम्मत नगर सिभिल अस्पतालमा ती बालबालिकाको मृत्यु भएको जानकारी दिइएको छ ।

प्रमुख जिल्ला स्वास्थ्य अधिकारी साबरकण्ठ राज सुतारियाका अनुसार यी सबै बालबालिकाको रगतको नमूना पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पुष्टिका लागि पठाइएको छ । स्वास्थ्य अधिकारीहरूले भने, “चण्डिपुरा भाइरसले ज्वरो निम्त्याउँछ । यो लामखुट्टे, टिक्स र स्यान्डफ्लाइजबाट सर्छ ।”

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img